उड्न लागेको जहाजको आकस्मिक ढोका खुलेपछि…
पोखरा। काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका खुलेको छ।
बिहीबार बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौंका लागि उड्न लागेको उडान नं. ६५२ को बुद्ध एयरको विमानको आकस्मिक ढोका खुलेको हो।
विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको थियो। ढोकासँगै रहेका यात्रुले खोलेको बताइएको छ।
यात्रुको खुट्टाले लागेर ढोका खुलेको बताइएको छ। ती यात्रुलाई प्रहरीले सोधपुछ गरेको छ।
यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेका छन्। ढोका के कारणले खुलेको हो भन्ने चेकजाँचपछि मात्रै वास्तविक थाहा हुनेछ।
No ads found for this position