नाबालिकामाथि दुर्व्यवहार गरी फरार रहेका प्रतिवादी दुबईबाट पक्राउ

काठमाडौं। नेपाल प्रहरीको साइबर ब्युरोले नाबालिकामाथि दुर्व्यवहार गरी फरार रहेका प्रतिवादीलाई दुबईबाट पक्राउ गरेको छ।

प्युठान स्थायी घर भई सामाजिक सञ्जाल फेसबुकमा साथी बनेर अश्लील क्रियाकलापद्वारा मानसिक यातना दिँदै आएका भएका ३३ वर्षीय सगिर अहमदलाई आज इन्टरपोल शाखाको सहयोगमा ब्युरोले नियन्त्रणमा लिएको हो।

उनीविरुद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएको थियो।



No ads found for this position