कुवेतका राजाको निधनमा नेपालले सोमबार शोक मनाउने

काठमाडौं। कुवेतका राजा नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा सरकारले दुःख व्यक्त गरेको छ। अमिरको निधनप्रति शोक व्यक्त गर्दै सरकारले सोमबार देशभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली दूतावास र नियोगमा आधा झण्डा झुकाउने निर्णय गरेको छ।
कुवेतका अमिर अल सबाको मंसिर ३० गते ८६ वर्षको उमेरमा निधन भएको हो। नेपाल सरकारले स्वर्गीय अमिरको निधनमा कुवेत सरकार, कुवेती जनता र स्वर्गीय अमिरको परिवारजनप्रति समवेदना व्यक्त गर्दै शोक मनाउने निर्णय गरेको हो।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर