एनसेलको किनबेचमा मलाई जोडेर कुप्रचार गरियो : प्रधानमन्त्री प्रचण्ड

एनसेलको किनबेचमा मलाई जोडेर कुप्रचार गरियो : प्रधानमन्त्री प्रचण्ड File Photo

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको किनबेच प्रक्रियामा आफूलाई जोडेर कुप्रचार गरिएको भन्दै असन्तुष्टि पोखेका छन्।

महोत्तरीको एक विद्यालयको स्वर्ण महोत्सवमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सरकारका राम्रा कामको विरोध गरिरहेकाहरुले एनसेलको खरिद-बिक्री प्रकरणमा आफूलाई जोडेर जनतलाई भ्रमित पारेको प्रतिक्रिया दिएका हुन्।

‘अहिले मेरो नेतृत्वको सरकारले विश्वव्यापी रुपमा र देशभरि पनि सामाजिक न्याय र सुशासनका पक्षमा थालेका कामहरु, अर्थतन्त्र सुधारका निम्ति थालेका कामहरुबाट आतङ्कित भएर एनसेलमा अर्बौं भ्रष्टाचार गर्यो प्रचण्डले भनेको देखेँ मैले’, उनले भने, ‘मैले आउने बित्तिकै गठबन्धनको बैठक र मन्त्रिपरिषद्को बैठक राखेर एनसेलसम्बन्धी भएका गतिविधिको छानबिनको लागि समिति बनाएपछि ती फटाहरुको मुखमा बुझो लागेको छ।’ तर, त्यस्ता फटाहहरुले जानी(बुझी नेपाली जनतालाई भ्रमित बनाउने कोसिस गरेको उनले आरोप लगाए।

उनले एनसेलको खरिद-बिक्री हुँदा आफू विदेशमा रहेको र त्यतिबेला त्यसबारे खासै जानकारी नभएको तर स्वदेश फर्किएपछि छानबिनको लागि समिति बनाएको र अब सबै कुरा छानबिनपछि स्पष्ट हुने बताए।



No ads found for this position