अध्यागमनका कर्मचारीसँग सेटिङ मिलाएर विदेश पठाउने थप दुई पक्राउ

अध्यागमनका कर्मचारीसँग सेटिङ मिलाएर विदेश पठाउने थप दुई पक्राउ

काठमाडौँ। अध्यागमनका कर्मचारीसँग सेटिङ मिलाई भिजिट भिसामा विदेश पठाउने थप दुई व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका ३ घर भई काठमाडौँ बौद्ध बस्दै आएका मनोज तामाङ ९लामा० र रामेछापको दोरम्भा गाउँपालिका ७ घर भई गोकर्णेश्वर बस्दै आएका पदम लामा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । तामाङ निमा छिरीङ ट्राभल्सका सञ्चालक हुन् भने लामा उक्त ट्राभल्सका कर्मचारी हुन्। लामा तामाङका साला हुन्।

यसअघि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नर वीर खडकालाई पक्राउ गरेको थियो।

अनुसन्धानका क्रममा खड्का मार्फत ३०० जना सेटिङ मिलाएर पठाएका निमा छिरिङ ट्राभल्सका सञ्चालक तामाङ र उक्त ट्राभल्समा काम गर्ने तामाङका सालो नाता पर्ने लामालाई प्रहरीले पक्राउ गरेको हो।

लिखित सम्बन्धी कसुर समेतका अपराधमा आवश्यक कारबाहीको लागि उनीहरूलाई प्रहरी परिसर टेकु पठाइएको कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार भिजिट भिसामा विदेश जान लागेकाहरूलाई नक्कली कागजात बनाई अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरूसँग सेटिङ मिलाई विदेश पठाउने र विदेश पुगेपछि महिलाहरूलाई घरेलु कामदारको रूपमा लगाइने र शोषण समेत हुने गरेको पाइएको छ।



No ads found for this position