रवि लामिछानेलाई एनआरएनएको ७ बुँदे ज्ञापनपत्र

रवि लामिछानेलाई एनआरएनएको ७ बुँदे ज्ञापनपत्र

लण्डन। बेलायत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ७ बुँदे ज्ञापनपत्र बुझाएको छ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिमखडाले मंगलवार अल्डरशटमा आयोजित एक कार्यक्रममा गैरआवासीय नेपाली नागरिकता लिदा आएका समस्याहरुमा पार्टीको तर्फबाट सहजिकरण गरिदिनको लागि आग्रह गरेका हुन्।

संघको तर्फबाट दिइएको ज्ञापनपत्रमा संविधानमै व्यवस्था भए बमोजिम आम नेपाली नागरिक सरह गैर आवासीय नेपाली नागरिकलाई सांस्कृतिक, सामाजिक र आर्थिक अधिकार उपभोगमा सहजीकरण गरिदिनु हुन,  गैर आवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई भिसा लिनु नपर्ने र भिसाको म्याद अवधि सकिएकाले पनि थप गरिरहनु नपर्ने विषयका लागि अध्यागमन विभागमार्फत कार्यान्वयनको लागि आवश्यक व्यवस्था मिलाउन पहल गरिदिनुहुन,  गैरआवासीय नेपाली नागरिकलाई समेत नेपाली सरह बैंक खाता खोल्न र सञ्चालन गर्नका लागि नेपाल राष्ट्र बैंकमार्फत परिपत्र, समेत नेपालमा कम्पनी दर्ता,  सञ्चालन, व्यवस्थापन र खारेज गर्न पाउने व्यहोरासहित कम्पनी रजिष्ट्रारको कार्यालयलाई परिपत्र गरिदिन, गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई नेपालको राहदानी प्राप्तीका लागि समेत पहल गरिदिन आग्रह गरिएको छ।

लामिछानेले ज्ञापनपत्र बुझ्दै गैरआवासीय नेपालीका मागहरुको बारेमा आफु जानकारी रहेको बताउँदै अगामी दिनमा इमान्दार भएर गैरआवासीय नेपालीहरुको हक र हितको लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

May be an image of text