काठमाडौँ महानगरपालिमा सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

काठमाडौँ महानगरपालिमा सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध File Photo

काठमाडौं। काठमाडौँ महानगरपालिकामा बुधबारदेखि सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाएको छ।

दुई साताअघि १२ मंसिरमै सार्वजनिक सूचना निकालेर २७ मंसिर बुधबारदेखि महानगरको ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध हुने जानकारी गराइएको थियो। बुधबारदेखि  महानगरभित्र प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध भएको छ।

कसैले अटेर गरी बिक्री वितरण गरेकोमा सुर्तीजन्य पदार्थको जफत गरी कानुनी कारबाही गरिने महानगरले चेतावनी दिएको छ।
May be an image of text



No ads found for this position