एनआरएनए अभियान्ता यज्ञराज सुवेदीद्धारा छात्रावृत्ति प्रदान

एनआरएनए अभियान्ता यज्ञराज सुवेदीद्धारा छात्रावृत्ति प्रदान

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का निर्वतमान सहकोषाध्यक्ष यज्ञराज सुवेदीले एक विपन्न छात्रालाई अध्ययनका लागि आर्थिक सहयोग गरेका छन्।

एनआरएनए कोरियाका पूर्व अध्यक्ष समेत रहेका सुवेदीले छात्रा सन्सिला पुलामि मगरलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।

सन्सिलाकी आमा पूर्ण रुपमा दृष्टिविहिन हुन्। उनका बुवाको अत्तपत्तो छैन।

आमा दृष्टिविहिन भएका कारण उनको परिवारमा आम्दानीको स्रोत छैन।

मगर हाल कान्तिपुर डेन्टल कलेज बसुन्धारामा डेन्टल हाइजिन विषय लिएर पढिरहेकी छिन्।

उनको परिवारमा आमा र उनी मात्रै हुन्। धादिङ त्रिपुरा आंगिचोकका उनीहरू अहिले बालाजुमा एउटा सानो कोठामा बस्छन्।

उनीहरूको आर्थिक अवस्था दयनीय भएको थाहा पाएपछि आफूले व्यक्गित रुपमा सहयोग गरेको सुवेदीले बताए।

सुवेदीले मगरको बाँकी शिक्षा पूरा गर्न सानो सहयोग गर्न पाएकोमा प्रसन्नता प्रकट गर्दै आउँदा दिनमा पनि दिनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

एसईईसम्मको पढाइ केही सहयोगीहरूको साथले पास गरेपछि अहिले पनि सहयोग जुटाउदै डेन्टल हाइजिन बिषय पढिरहेकि छिन्।

अझै २ लाख ५४ हजार शुल्क तिर्न बाँकी छ।