क्यानाडाको राजदूतमा पौड्याल सर्वसम्मत अनुमोदन

क्यानाडाको राजदूतमा पौड्याल सर्वसम्मत अनुमोदन

आइतबार बसेको संसदीय सुनुवाइ समितिले पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको हो।

उनी परराष्ट्र मन्त्रालयका सचिव पनि हुन्।

यसअघि राजदूतमा उनको सुनुवाइविरूद्ध उजुरी परेको थियो।

सरकारी कर्मचारीलाई आएको छात्रवृत्ति आफ्नी छोरीलाई दिलाएको आरोपसहित पौड्यालविरूद्ध उजुरी परेको छ।

समितिका अनुसार सरकारका कर्मचारीका लागि प्राप्त हुने छात्रवृत्ति कर्मचारीलाई नदिएर आफ्नै छोरीलाई दिलाएको भन्दै उनीविरूद्ध उजुरी परेको छ।

उनले त्यस्तो छात्रवृत्तिमा आफ्नी छोरीलाई स्वीटजरल्यान्ड पठाएर पदीय जिम्मेवारीको दुरूपयोग गरेको उजुरीमा भनिएको थियो।

त्यस्तै छोरीलाई दूतावासका कर्मचारीमार्फत त्यहाँका कर्मचारीकै अवासा गृहमा राखेर पढाएको समेत आरोप लागेको थियो।

समितिमा परेको उजुरीमा पौड्यालविरूद्ध खरिदार र सुब्बा जाने विदेशी कार्यक्रममासमेत आफैं गइ भत्ता आर्जन गर्ने गरेको आरोसमेत लगाइएको थियो।

उजुरीमाथि सांसदहरूले प्रश्न गरेका थिए।

जवाफमा पौड्यालले आफूले पदको दुरूपयोग नगरेको बताएका थिए।

छोरीले आफ्नै बलबुतामा आंशिक छात्रवृत्तिमा नाम निकालेर पढ्न गएको उनको भनाइ थियो।

उनलाई मन्त्रिपरिषदले कात्तिक ३ गते क्यानाडाका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो।

 



No ads found for this position