प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान

प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान

काठमाडौं। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर अष्ट्रिया प्रस्थान गरेका छन्।

उनी आइतबार बिहान अष्ट्रियाको भियनामा हुने अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ९१ औं महासभामा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन्।

भियनामा मंसिर १२ देखि १५ गतेसम्म इन्टरपोलको महासभा हुँदै छ।

महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन्।



No ads found for this position