इजरायल जेलमा रहने प्यालेस्टाइनीको संख्या ३१ सय : कैदी समुह

गाजा। इजरायलले बन्दी बनाएको प्यालेस्टाइनीको संख्या ३१ सय नाघेको छ।
गत अक्टोबर ७ देखि कब्जा गरिएको वेस्ट बैंकमा ३१०० भन्दा बढी पक्राउ गरिएको कैदी अधिकार समूहले जनाएको छ।
प्यालेस्टिनी कैदी समुहका अनुसार हिजो साँझदेखि आज बिहानसम्म मात्रै इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकमा १७ प्यालेस्टाइनीहरूलाई पक्राउ गरेको छ।
अधिकार समूहका अनुसार अक्टोबर ७ यता इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको कुल संख्या ३ हजार १ सय ६० पुगेको छ।
इजरायल र हमासबीच भएको ४ दिने युद्धविराम सम्झौताको एक हिस्साको रूपमा शुक्रबार ३९ प्यालेस्टिनी बन्दी रिहा गरे पनि थप १७ जना पक्राउ परेको सो समुहले जनाएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर