बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप
काठमाडौं। आन्दोलनरत दुर्गा प्रसाईंका समर्थक र प्रहरीबीच झडप भएको छ।
बल्खुमा आन्दोलन गरिरहेको प्रसाईंका समर्थक कालीमाटीतर्फ प्रवेश गरेपछि प्रहरीले पानीका फोहरा र असुर ग्यास प्रहार गरेको हो। त्यसक्रममा प्रसाईंका समर्थक र प्रहरीबीच झडप भएको थियो।
दुर्गा प्रसाईंले ‘अब हामी सहर पस्नुपर्छ’ भनेपछि कार्यकर्ताहरु उत्तेजित हुँदै कालीमाटीतर्फ अगाडि बढेका थिए। त्यसपछि प्रहरीले पानीका फोहरा प्रहार गरेको हो।