सर्बसाधारणको खातामा बैंकले पठायो ८२० करोड
नयाँदिल्ली। भारतको एउटा बैंकले सर्बसाधारणको खातामा ८२० करोड रुपैयाँ पठाएको छ।
भारतस्थित युको बैंकले एक ग्राहकको खातामा झुक्किएर ८२० करोड पठाएको र त्यसको ७९ प्रतिशत फिर्ता ल्याएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार अझै पनि सो बैंकले ती सर्ब साधरणबाट १७१ करोड भारतीय रूपैयाँ फिर्ता लिन सकेको छैन।
युको बैंकमा लापरवाहीको ठूलो घटना बाहिर आएको हो । भर्खरै बैंकले गल्तीले ग्राहकको खातामा ८२० करोड रुपैयाँ ट्रान्सफर गरेको स्विकार गरेको छ।
यो कुरा बाहिर आएसँगै बैंकले तत्काल असुली प्रक्रिया सुरु गरेकोसमेत जनाएको छ।
तर विशेष कुरा के छ भने युको बैंकले ग्राहकको खातामा पठाएको ७९ प्रतिशत रकम फिर्ता गरिसकेको भए पनि १७१ करोड रुपैयाँ ठुलो रकम उठाउने प्रयास जारी रहेको छ।
No ads found for this position
ताजा अपडेट
प्रवास खबर
दक्षिण कोरियाका राष्ट्रपति पक्राउ
प्रवास खबर
कस्ताे छ आजको मौसम ?
प्रवास खबर