चुनाव जितेर कर्मभूमी फर्किएका गोर्खालीलाई विमानस्थलमा भव्य स्वागत

चुनाव जितेर कर्मभूमी फर्किएका गोर्खालीलाई विमानस्थलमा भव्य स्वागत

दुबई। गैरआवासीय नेपाली संघ (एनआरएनए) को एघारौं महाधिवेशनबाट सचिव पदमा विजयी भइ कर्मभूमी यूएई फर्किएका मनोज कुमार श्रेष्ठ (गोर्खाली) लाई त्यहाँका नेपालीले भव्य स्वागत गरेका छन्।

गोर्खाली शुक्रबार राति नेपालबाट कमभूमी दुबई फर्किएका हुन्। उनी दुबई विमानस्थलमा ओर्लिदा दर्जनौं नेपाली त्यहाँ पुगेका थिए।

गत अक्टोबरमा सम्पन्न निर्वाचनमा गोर्खालीले सबैभन्दा बढी मत ल्याएर पहिलो नम्बरको सचिव पदमा विजयी भएका थिए। ६ सचिव पदका लागि १५ जना चुनावमा होमिएका थिए। गोर्खाली सबैभन्दा बढी २ हजार २४ मत ल्याउन सफल भए।

जाजकोट र रुकुमका भूकम्प पीडितलाई राहत वितरण गरेर गोर्खाली दुबई फर्किएका हुन्। एनआरएनएले राहत वितरणको संयोजकको जिम्मेवारी गोर्खालीलाई दिएको थियो।

उनको स्वागतमा आइसीसी सदस्य पुष्कर सापकोटा, मध्यपूर्व युवा संयोजक निरञ्जन सिलवाल, नेपाल बिजनेस काउन्सिलका कोषाध्यक्ष एकेन्द्र बहादुर थापा, नेपाली जनसम्पर्क समिति यूएईका महामन्त्री हरी खड्का, भोलेबाबा संस्थानका अध्यक्ष बालब्यास श्रवण न्यौपाने, प्रवासी नेपाली मञ्चका प्रतिनिधि सुमन भण्डारी, एन एनआरएनए यूएईका सचिव नवराज श्रेष्ठलगायतका प्रतिनिधि विमानस्थल पुगेका थिए।