पोर्चुगलमा दूतावास खोलिने, सनिल नेपाल राजदूतमा सिफारिस

पोर्चुगलमा दूतावास खोलिने, सनिल नेपाल राजदूतमा सिफारिस

काठमाडौ । नेपाल सरकारले युरोपेली मुलुक पोर्चुगलमा आफ्नो कूटनीतिक नियोग  स्थापना गर्ने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसारदूतावास स्थापना गरी सनिल नेपालललाई राजदूत सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेकाे छ।

पछिल्लो समय पोर्चुगलमा नेपालीको संख्या वृद्धी भइरहेको छ। पोर्चुगलमा ७० हजारभन्दा बढी नेपाली रहेको अनौपचारिक तथ्याङ छ।

नेपालीको संख्या वृद्धी भएसँगै त्यहाँ समस्या पनि बढेका छन्।

सरकारले गएको कात्तिक पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले युरोपेली मुलुक पोर्चुगलमा आवासीय दूतावास खोल्ने निर्णय गरेको थियो।

पोर्चुगलमा दूतावास खोल्ने विषयमा प्रश्न उठेका बेला सरकारले निर्णय गरेर पनि सार्वजनिक गरेको थिएन। सरकारले एकैपटक बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट राजदूत नियुक्त गरेको सूचना सार्वजनिक गरेको हो ।