उपाधिका लागि ओमन र नेपाल भिड्दै

काठमाडौं। काठमाडौंमा आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा ओमनविरुद्ध पहिले नेपालले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलको टस जितेर नेपालले ब्याटिङ रोजेको हो।
आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा स्थान बनाइसकेको दुवै नेपाल र ओमान उपाधिका लागि भिड्न लागेका हुन्।
नेपालले सेमिफाइनल युएईलाई ८ विकेट तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाउँदै विश्वकप यात्रा पक्का गरेको थियो।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर