भुकम्प पीडितलाई ५० हजार सहयाेग गर्ने अभिनेता पल शाहको घोषणा

भुकम्प पीडितलाई ५० हजार सहयाेग गर्ने अभिनेता पल शाहको घोषणा

काठमाडौं। अभिनेता पल शाहले जाजरकोट भुकम्प पीडितलाइ सहयोगको घोषणा गरेका छन्।

गए राती जाजरकोटमा गएको भुकम्पमा परी जनधनको क्षति भोगेका परिवारजनलाइ उनले ५० हजार सहयोगको घोषणाा गरेका हुन्।

‘जाजरकोटमा गएको भुकम्पले धेरै मानवीय र भौतिक क्षति भएकाले मैले तत्कालका लागि ब्यक्तिगत रूपमा रू पचास हजार (५०,०००) हाम्रो टिम नेपालको मार्फत सहयोग गरेको छु,’ उनले आफनो घोषणमा भनेका छन, ‘हाम्रो टिम राहत र स्वास्थ्य टोलिसहित जाजरकोट जाँदैछ।’

धेरै घरहरू भत्केकाले धेरै नागरिकहरू खुला आकाशमुनि बस्न र खानपिनको ब्यबस्थापन नभएको र घाइतेहरूलाई छिटो उद्वार गर्ने सम्बन्धि निकायलाई अनुरोध गरेका अभिनेता शाहले यस दुखको घडीमा सम्पूर्ण नेपालीहरू एक भएर उद्वार र सहयोग गर्न अनुरोधसमेत गरेका छन्।