जाजरकोट भूकम्पमा परी एकै वडामा २० जनाको मृत्यु

जाजरकोट भूकम्पमा परी एकै वडामा २० जनाको मृत्यु

जुम्ला। जाजरकोटको नलगाड नगरपालिकाको एकै वडामा भूकम्पमा परेर २० जनाको मृत्यु भएको छ।

नलगाड नगरपालिका–१ को सिउरी भन्ने स्थानमा १२ जना, कल्पतमा ५ जना र पाली भन्ने स्थानमा ३ जनाको मृत्यु भएको हो।

वडा नम्बर–१ का वडाध्यक्ष धन बहादुर महरकाअनुसार सबै घरहरू ध्वस्त भएको र सुख्खा पहिरोको कारण बाटो अवरुद्ध भएको छ।

‘सुख्खा पहिरो गएको छ, जसले गर्दा उद्धारमा कठिनाइ भइरहेको छ,’ उनले भने, ‘घाइतेहरूको उपचार समेत हुन सकेको छैन।’



No ads found for this position