इजरायलमा मारिएका तीन जना विद्यार्थीको शव नेपाल ल्याइयो

इजरायलमा मारिएका तीन जना विद्यार्थीको शव नेपाल ल्याइयो File Photo

काठमाडौं। प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणबाट इजरायलमा ज्यान गुमाएका तीन जना विद्यार्थीको शव नेपाल ल्याइएको छ। युद्धमा परेर मरेका दशमध्ये तीन जनाको शव आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।

तीनै जनाको शव छुट्टाछुट्टै विमानमार्फत ल्याएको बताइएको छ। शव नेपाली सेनाको ब्यारेकमा लगिएको छ।

मृत्यु भएको थप एक जनाको शव आजै नेपाल ल्याइने र बाँकी छ जना विद्यार्थीको शव पनि छिट्टै ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ।

इजरायल–हमास युद्धमा परेका थप एक जना सम्पर्कविहीन छ भने अप्ठ्यारोमा परेका अन्य विद्यार्थीलाई सरकारले पहिले नै उद्दार गरी नेपाल ल्याएको थियो।



No ads found for this position