दुई प्यानलको रोजाइमा रोशन थापा

दुई प्यानलको रोजाइमा रोशन थापा

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को युवा उपाध्यक्षमा उम्मेदवारी दिएका रोशन थापा दुई प्यानलको रोजाइमा परेका छन्।

थापालाई अध्यक्षका प्रत्यासी महेश श्रेष्ठ र डा. बद्री केसीले आफ्नो टीममा राखेका छन्।

थापा डा. केसीको टीममा सुरुदेखि नै परेका थिए। मंगलबार श्रेष्ठ प्यानलले पनि उनलाई आफ्नो आधिकारिक उम्मेदवार बनाएको हो।

दुई प्यानलकै रोजाइमा परेपछि थापाको जीत सुनिश्चित भइसकेको महाधिवेशनका लागि काठमाडौं आएका प्रतिनिधि बताउँछन्।

एनआरएनए वृत्तमा छोटो समयमै लोकप्रियता कमाएका व्यक्ति हुन्, थापा।

सन् २०२१–२३ कार्यकालमा पनि थापा युवा उपाध्यक्ष नै हुन्। युवा उपाध्यक्ष रहँदा उनले प्रभावकारी काम गरेर दोस्रो पुस्ताको मन जितेका थिए।

सरल र शान्त स्वभावका थापाको मध्यपूर्व क्षेत्रमा पनि बलियो प्रभाव छ।

लामो समयदेखि जापान र अफ्रिकालाई आफ्नो कर्मथलो बनाएका थापा अनुभवी र नेतृत्वको सम्भावना बोकेका एनआरएनए अभियन्ता मानिन्छन्।

२ दशकअघि अध्ययनका लागि इलामबाट जापान पुगेका थापाले अहिले आफूलाई सफल व्यवासायीमात्रै होइन, गैरआवासीय नेपालमाझ आफूलाई जबर्जस्त उभ्याउन सफल भएका छन्।

थापाले जापानको एडवा विश्वविद्यालयबाट आइटी म्यानेजमेन्टमा मास्टर डिग्री हासिल गरेका छन्।

उनी अटो मोबाइल र रियल स्टेट व्यवसायी हुन्। थापाले जापानमा इन्स्योरेन्स क्षेत्रमा पनि लगानी गरेका छन्। नेपालमा हाइड्रो तथा आइटी क्षेत्रमा समेत थापाको लगानी छ।

थापासँग यसअघि एनआरएनए ताम्जिानियाको दुई कार्यकाल नेतृत्व गरेको अनुभव पनि छ।

थापाले जापानको एडवा विश्वविद्यालयबाट आइटी म्यानेजमेन्टमा मास्टर डिग्री हासिल गरेका छन्। उनी अटो मोबाइल र रियलस्टेट व्यवसायी हुन्।

थापाले जापानमा इन्स्योरेन्स क्षेत्रमा पनि लगानी गरेका छन्। नेपालमा हाइड्रो तथा आइटी क्षेत्रमा समेत थापाको लगानी छ।