एनआरएनए सचिवका प्रत्यासी स्वतन्त्र प्रताप शाह प्रधानमन्त्रीद्धारा सम्मानित

एनआरएनए सचिवका प्रत्यासी स्वतन्त्र प्रताप शाह प्रधानमन्त्रीद्धारा सम्मानित

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिव पदका प्रत्यासी स्वतन्त्र प्रताप शाह प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)द्धारा सम्मानित भएका छन्।

सिजन मिडियाले आयोजना गरेको ‘अवार्ड’ कार्यक्रममा शाह प्रधानमन्त्रीद्धारा सम्मानित भएका हुन्।

सामाजिक सेवामा योगदान पुर्‍याएका उत्कृष्ट व्यक्तिलाई सिजन मिडियाले ‘अवार्ड’सहित सम्मान गरेको थियो।

अष्ट्रेलियालाई कर्मभूमि बनाएका शाह सफल युवा व्यवसायी हुन्। उनले अष्ट्रेलिया, फिलिपिन्स्, भियतनाम र नेपालमा व्यवसाय गर्दै आइरहेका छन्।

उनले स्वदेश तथा प्रवासमा बस्ने नेपाली युवाहरूलाई जोड्न अभियान चलाइरहेका छन्। उनले अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)मार्फत युवा उद्यमीलाई एकै ठाउँमा जोड्ने अभियानमा लागेका छन्। यो संस्थाको उनी आफै अध्यक्ष हुन्।

शाहलाई युवा सशक्तिकरणको अभियानमा ठूलो योगदान पुर्‍याए वापत ‘अवार्ड’ प्रदान गरिएको हो।

शाह एनआरएनएको आउँदो चुनावमा सचिव पदका प्रवल दावेदार हुन्।

 



No ads found for this position