घाइते र थकित शरीर बाेकेर इजरायलबाट स्वदेश फर्किँदै नेपाली

घाइते र थकित शरीर बाेकेर इजरायलबाट स्वदेश फर्किँदै नेपाली

काठमाडौं। स्वदेश फर्किनका लागि नेपालीहरू इजरायलकाे तेलअभिभ विमानस्थल पुगेका छन्।

नेपालबाट गएको जहाजमा फर्किन हमासको आक्रमणबाट घाइते भएका विद्यार्थीसहित २५१ जना नेपाली विमानस्थल पुगेका छन्।

युद्धग्रस्त क्षेत्रबाट उद्धार गरी विभिन्न सेल्टरमा राखिएका नेपालीहरुलाई विभानस्थलमा पुगेका हुन्। घाइते र थकित शरीर बाेकेर उनीहरू स्वदेश फर्किँदैछन्।

सरकारले स्वेदश फर्किन चाहनेहरूका लागि लिन आज बिहान दुई सय ५० सिट क्षमताको नेपाल एयरलाइन्सको जहाज पठाएको छ।

आतङ्कवादी समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि नेपालीहरू त्यहाँ अलपत्र परेका थिए। उनीहरूलाई स्वदेश ल्याउन आज बिहान त्यसतर्फ गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने छ।

कूटनीतिक समन्वयका लागि परराष्ट्रमन्त्री एनपी साउद पनि उक्त विमानमा इजरायल गएका छन्।

उक्त आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने छ जना घाइते भएका थिए। एक जनाको अवस्था अझै अज्ञात छ। इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहनेहरुको विवरण सङ्कलन गरिरहेको छ।

 



No ads found for this position