एनआरएनए निर्वाचन रोक्न माग गर्दै उच्च अदालत पुगे प्रेमबहादुर

एनआरएनए निर्वाचन रोक्न माग गर्दै उच्च अदालत पुगे प्रेमबहादुर File Photo

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न निर्वाचन रोक्न माग गर्दै प्रेमबहादुर गाहामगरले उच्च अदालत पाटन गुहारेका छन्।

नेपाल सरकार परराष्ट्र मन्त्रालय सिंहदरबारलाई विपक्षी बनाउँदै उनी उच्च अदालत पुगेका हुन्।

उनी गैरआवासीय नेपाली संघको निर्वाचनलाई बिथोल्न लागिपरेका पात्र हुन्।

उनले दायर गरेको मुद्धा न्यायाधीश ब्रजेश प्याकुरेलको ११ नम्बर इजलासमा छ।

गाहामगर एनआरएनए बेलायतका निर्वतमान अध्यक्ष हुन।



No ads found for this position