इजरायलबाट २५४ बिद्यार्थी आज नेपाल ल्याइँदै
File Photo
काठमाडौं। इजरायलवाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका छन्।
प्यालेस्टाइनी अतिबादी समुह हमासले गरेको आक्रमण पछि युद्धरत रहेको इजरायलवाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका हुन।
इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज गएराति त्यसतर्फ प्रस्थान गरेको थियो, आज इजरायलबाट नेपाली बिद्यार्थीसहित युद्धमा घाइतेहरुलाई नेपाल ल्याउँदैछ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपालीहरुलाई लिन गएको बिमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। मन्त्रालयका अनुसार पहिलो चरणमा २५४ जना विद्यार्थीलाई नेपाल ल्याउन लागिएको हो।
No ads found for this position