ग्लोबल गोरखा समाजको कार्यक्रममा प्रधानमन्त्री प्रमुख अतिथि

ग्लोबल गोरखा समाजको कार्यक्रममा प्रधानमन्त्री प्रमुख अतिथि

काठमाडौं। विश्वभर छरिएर रहेका गोरखालीहरूको साझा संस्था ग्लोबल गोरखा समाजको सातौं वार्षिक साधारण सभाको उद्घाटन प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले गर्ने भएका छन्।

१६ अक्टोबरमा हुँदै गरेको वार्षिक साधारण सभामा प्रधानमन्त्रीलाई प्रमुख अतिथिका रुपमा बोलाइएको समाजका अध्यक्ष गोर्कण प्रसाद ढकालले जानकारी दिए।

कार्यक्रम काठमाडौंको कान्तिपथस्थित यलो प्यागोडा होटलमा हुँदैछ।

प्रधानमन्त्रीलाई निम्तो दिन ढकालसहितको टोली प्रधानमन्त्री कार्यालयमा पुगेको थियो।

साधारण सभामा विभिन्न देशमा बस्ने गोरखालीहरू सहभागी हुनेछन्।

यस्तै, गैरआवासी नेपाली संघ (एनआरएनए)को महाधिवेशनका लागि काठमाडौं आएका प्रतिनिधिलाई पनि कार्यक्रम निम्तो दिइएको छ।

यस्तै, विशेष अतिथिहरूमा पूर्व प्रधानमन्त्री डा‍‍. बाबुराम भट्टराई, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, राष्ट्रिय सभा सदस्य कमला पन्त, सासंद राजेन्द्र बजगाईलगायतलाई बोलाउने तयारी समाजको छ।

सोही अवसरमा समाजको आधिकारिक वेभसाइट सञ्चालनमा ल्याइँदैछ।

यस्तै, ५ करोड रुपैयाँको अक्षय कोष स्थापना गर्न कार्यविधि समेत तयार पारिदैँछ।

२०१६ मा स्थापना भएको यो समाजका विश्वका विभिन्न २ दर्जनभन्दा बढी मुलुकमा शाखा छन्।