आरके शर्माको गलामा थामिनस्कनु खादा र माला
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका प्रत्याशी राजेन्द्रकुमार (आरके) शर्मा काठमाडौं आइपुगेका छन्।
एघारौं विश्व सम्मेलन र चुनावमा भाग लिन शर्मा कतारबाट सोमबार काठमाडौं आइपुगेका हुन्।
विश्वका विभिन्न ४० देश डुलेर चुनाव लड्न काठमाडौं ओर्लिएका शर्मालाई उनका समर्थकले थामिनस्कनु खादा र मालाले सजाएका हुन्।
शर्माको स्वागतमा दर्जनौं समर्थक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। विमानस्थलमा सञ्चारकर्मीको समेत बाक्लो उपस्थिति थियो।
विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैं शर्माले आफू ४० देशको पुगेर गैरआवासीय नेपालीहरूसँग भेटेको र विश्वभरमा बस्ने सबै गैरआवासीय नेपालीको साथ सहयोग लिएर सम्मेलन सफल बनाउन आएको बताए।
‘तीन महिनामा करिव ४० देश पुगेर गैरआवासीय नेपालीहरूको सम्भावना र समस्याको बारेमा गहन जानकारी लिएर आइपुगेका छु,’ शर्माले विमानस्थलमा भने, ‘सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीको चाहनामा म अध्यक्षको प्रत्यासी बनेको हो,सबैको साथ र सहयोग मिलेको छ।’
शर्माले गतसाता आफ्नो कर्मभूमि कतारबाट २४ महिनामा २४ काम गर्ने बाचा सहित आफ्नो अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए । शर्माको उम्मेदवारीले विश्वमा बस्ने सबै क्षेत्रका नेपालीले समर्थन गरेका छन्