इजरायलमा हमासको रकेट आक्रमणमा परेर १० नेपालीको मृत्यु (सूचीसहित)

इजरायलमा हमासको रकेट आक्रमणमा परेर १० नेपालीको मृत्यु (सूचीसहित) File photo

काठमाडौं। प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको छ।

शनिबार बिहान हमासले गरेको घातक रकेट आक्रमणमा परेर १० जना नेपालीको मृत्यु भएको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले पुष्टि गरेकी छन्।

उनकाअनुसार अन्य चार जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै एक जना सम्पर्कविहीन छ।

दूतावसका अनुसार मृत्यु हुनेमा :

– कैलालीको घोडाघोडी– ४ का नारायण न्यौपाने

– बझाङको जयपृथ्वी– ६ का गणेशकुमार नेपाली

– कैलालीकै बाउनिया– ३ का आशिष चौधरी

– दार्चुलाको लेकाम– ५ का दीपेशराज विष्ट

– धनुषाको सपही– ६ का आनन्द साह

– सुनसरीको मधुवान– १ का राजेशकुमार स्वर्णकार

– डोटीको पाँचनलीका राजन फुलारा

– डोटीकै लामिखाल– ८ का पदम थापा

– सल्यानको सारदा– ३ का प्रवेश भण्डारी

– दार्चुलाको मालिकार्जुन– ४ का लोकेन्द्र सिंह धामी रहेका छन्।

उनीहरुको शव नेपाल ल्याउने व्यवस्था गरिँदैछ।



No ads found for this position