इजरायलमा रहेका नेपालीलाई उद्धार गर्ने सरकारको प्रतिबद्धता

इजरायलमा रहेका नेपालीलाई उद्धार गर्ने सरकारको प्रतिबद्धता फाइल फोटो

काठमाडौं। नेपाल सरकारले इजरायलमा रहेका नेपालीहरुको अवस्थाको अहिचान गर्नदेखि उद्धारसम्म गर्न सम्बन्धित् निकालयलाई निर्देशन दिएको जनाएको छ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमासबाट भइरहेको आक्रमणले सृजित अवस्थाले नेपालीको अवस्थाबारे जानकारी गराए। उनले इजरायलस्थित नेपाली दूतावासलाई नेपालीको अवस्था पहिचान गरेर उद्धारसमेत गर्न निर्देशन दिएको बताए।

इजरायल सरकारले घोषणा गरेको सुरक्षाको मापदण्डबारे त्यहाँ रहेका नेपालीलाई जानकारी गराउन, नेपालीको पहिचान गर्न, आवश्यक परेको अवस्थामा उद्धार गर्न राजदूतलाई निर्देशन दिइएको उनले बताए।