‘चाेर बाटाे’बाट अमेरिका जान खाेज्ने ४९ नेपालीलाई टर्कीबाट फर्काइयाे
File Photo
काठमाडौं। अवैध बाटो हुँदै अमेरिका छिर्न खोज्ने ४९ नेपालीलाई टर्कीबाट फिर्ता पठाइएको छ।
मेक्सिको हुँदै अमेरिका जान खोज्ने उनीहरुलाई शनिबार टर्कीबाट नेपाल फर्काइएको हो।
उनीहरु टर्किस् एयरलाइन्सको जहाजमार्फत् काठमाडौँमा अवतरण भएको त्रिभुवन विमानस्थल प्रहरी प्रमुख डिआइजी अर्जुन चन्दले जानकारी दिए।
चन्दका अनुसार उनीहरु भारतको राजधानी नयाँ दिल्लीलगायत विभिन्न देशबाट टर्की पुगेका थिए।
मेक्सिकोबाट आज बिहान काठमाडौं आइपुग्नेमा धेरैजसो रोल्पा, रुकुम र सल्यानका छन्।