इजरायल र लेवनानको सीमा क्षेत्रमा रहेका नेपाली सैनिक सुरक्षित रहेको सेनाको भनाइ

इजरायल र लेवनानको सीमा क्षेत्रमा रहेका नेपाली सैनिक सुरक्षित रहेको सेनाको भनाइ File photo

काठमाडौं। इजरायलमा प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासको आक्रमणमा शान्ति मिसनमा रहेका नेपाली सैनिक सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ।  नेपाली सेनाका प्रवक्ता कृष्णबहादुर भण्डारीले इजरायल र लेवनानको सीमा क्षेत्रमा रहेका नेपाली शान्ति सैनिक भएको स्थानमा अहिलेसम्म कुनै अप्रिय घटना नभएको बताए।

शान्ति मिसनमा ८७५ जना नेपाली सेना तैनाथ रहेका छन्।

यसैबीच हमासले इजरायलमाथि गरेको आक्रमणमा परेर कम्तिमा पनि सातजना नेपाली घाइते भएका छन्।

प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमाथि गरेको कारबाहीमा सात नेपाली पनि घाइते भएको बताइएको छ।



No ads found for this position