इजरायल आक्रमण : ‘बङ्कर’ भित्र १७ नेपाली हमासको कब्जामा, ९ जना गम्भिर घाइते

इजरायल आक्रमण : ‘बङ्कर’ भित्र १७ नेपाली हमासको कब्जामा, ९ जना गम्भिर घाइते तस्वीर : एफपी

काठमाडौंं। प्यालेस्टाइनको विद्रोही समूह हमासले नियन्त्रणमा लिएको एउटा इजरायली बङ्करभित्र नेपाली पनि बन्धक बनेका छन्।

शनिबार बिहान प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायली भूमिमा रकेट आक्रमण गरेको थियो। सुरक्षा साइरन बजेपछि बङ्करमा छिरेका स्थानीयसँगै त्यहाँ नेपाली पनि थिए।

उनीहरू कृषि तालिमका लागि त्यहाँ पुगेका थिए।

नीतिबोद भन्ने ठाउँमा रहेको किबुज वस्तीमा सुरक्षाका लागि बनाइएका बङ्करहरू पनि हमासले नियन्त्रणमा लिएको थियो।

सुरुमा हमासले रकेट हानेपछि इजरायली सेनाले पनि प्यालेस्टाइनका धेरै ठाउँमा आक्रमण गर्न थालेको थियो। तर हमासका हजारौं लडाकुहरू इजरायली भूमिमै छिरेर धेरै ठाउँमा युद्धबन्दीहरू बनाएको छ।

गैरआवासीय नेपाली संघ इजरायलका निवर्तमान अध्यक्ष गणेश गिरिका अनुसार हमासले नियन्त्रणमा लिएको एउटा बङ्करभित्रका केही नेपाली सम्पर्कमा आएका थिए। तीमध्ये कम्तीमा ९ जना घाइते भएका छन्।

उनीहरूको अवस्था गम्भिर रहेको हुनसक्ने उनले बताए। इन्टरनेट चल्ने बङ्करमा रहेका नेपालीले बाहिर रहेका नेपाली समुदायका अगुवाहरूसँग केहीबेर भिडियो सम्पर्क पनि गरेका थिए।

त्यो भिडियो दृश्यमा रगत लतपत भएका धेरै नेपाली देखिएकाेअन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दीपकप्रसाद वलीले बताए। विद्रोहीले बाहिर घेरिरहेका कारण कोही पनि बाहिर निस्किन पाइरहेका छैनन्। धेरैजसो बङ्करहरूमा इन्टरनेट चल्दैन।

शनिबार बिहान हमासले इजरायलतर्फ हजारौँ रकेट आक्रमण गरेको थियो। आक्रमणपछि सुरक्षाका लागि बङ्करमा छिरेका समूहमाथि बन्दुकधारीले आक्रमण गरेका थिए।

उनीहरू त्यहाँस्थित फायर वेस्टर्न युनिर्भसिटीमा कृषि विषय अध्ययन गर्न गएका थिए। यो विश्वविद्यालयमा करिब १७ जना नेपाली छन्। उनीहरू कृषि पढ्दै–कमाउँदै कार्यक्रमअन्तर्गत गएका हुन्। उनीहरू धेरैजसो सुदूरपश्चिम प्रदेशका हुन्।

नेपालीहरूका बारेमा तेल अवस्थित नेपाली दूतावासले आधिकारिक जानकारी दिएको छैन। तर, उसले नेपालीलाई सम्पर्कमा आउन अपील भने गरेको छ।

एक विज्ञप्ति जारी गर्दै दूतावासले नेपाली समुदायलाई स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरशः पालना गर्न र आफू पनि सुरक्षित रहन अपिल गरेको छ।

सम्बन्धित समाचार

इजरायल आक्रमणमा कम्तीमा ७ नेपाली घाइते



No ads found for this position