प्रधानमन्त्रीले बोलाएकाे बैठक रवि लामिछानेद्वारा बहिष्कार

प्रधानमन्त्रीले बोलाएकाे बैठक रवि लामिछानेद्वारा बहिष्कार File Photo

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाेलाएकाे सात दलकाे बैठक बहिष्कार गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने सात दलको बैठक आज बिहान ११ बजे बालुवाटारमा बस्ने गरी बोलाएका छन्।

चाडपर्वहरुको मुखमा उपभोक्ताहरुलाई मार पर्ने गरी सरकारले मूल्यवृद्धि गराएकाे भन्दै यसकाे विरोधमा सभापति लामिछानेले बठैक बहिष्कार गरेका हुन्।

‘चाड पर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरी सरकारले गरेको मूल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ। यसको विरोध स्वरूप आज प्रधानमन्त्री ज्युले बोलाउनुभएको बैठक हामीले बहिस्कार गरेका छौँ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।



No ads found for this position