एसियाडमा नेपाली पब्जी टोली सेमिफाइनलमा

एसियाडमा नेपाली पब्जी टोली सेमिफाइनलमा

काठमाडौं। चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड)अन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन(पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनल प्रवेश गरेको छ।

आफ्नो समूहमा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो। शुक्रबार नेपाली टिमले ५४ मिनेट ०४.८४२ सेकेण्डको टाइमिङ निकाल्दै समूह सी मा दोस्रो भएको हो। यस समूहमा हङकङ शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ।

सेमिफाइनलमा दुई समूहमा चार चार टिमले प्रतिस्पर्धा गर्नेछन्। नेपाली टोलीमा सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराई छन् ।



No ads found for this position