प्रधानमन्त्री प्रचण्ड मानसरोवर जाँदै
ल्हासा (चीन)। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बिहीबार) कैलाश पर्वत र मानसरोवर जाँदै छन्। चीनको औपचारिक भ्रमणमा रहेका उनी बुधबार तिब्बतको ल्हासा आएका थिए।
प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन् र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नेछन्। कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उनका साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि छन्।
बुधबार ल्हासा आइपुगेका प्रधानमन्त्री दाहाल यहाँ विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहेका थिए। प्रधानमन्त्री दाहाल गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन्।
ताजा अपडेट
प्रवास खबर
एनपीएलका मार्की खेलाडीको पारिश्रमिक २० लाख
प्रवास खबर
नेपाल प्रहरीमा जनालाई जागिरको अवसर
प्रवास खबर