डा. हेमराजले उपाध्यक्ष पदमै उम्मेदवारी दिने

डा. हेमराजले उपाध्यक्ष पदमै उम्मेदवारी दिने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले आगामी कार्यकालमा पनि उपाध्यक्ष पदमै उम्मेदवारी दिने भएका छन्।

संघको अभियान र समग्र गैरआवसीय नेपालीको हितमा हुने विश्वास लिँदै आम सहमतिको लागि मार्गप्रशस्त गर्न पुनः उपाध्यक्ष पदमा नै उम्मेदवारी दिने निचोडमा पुगेको उनले फेसबुकमा लेखेका छन्।

संघको नेतृत्व लिन आफू यसपटक नै सक्षम भएपनि सामाजिक संस्थामा तछाड–मछाड गरेर नेतृत्व लिनुभन्दा धैर्यताका साथ आपसी समझदारी, सहकार्य र सहमतिले अगाडि बढ्नु उपयुक्त हुने  उनको भनाइ छ।

‘वर्तमान अध्यक्षज्यूहरू र केही पदाधिकारी साथीहरूले पनि अध्यक्ष पदमा उम्मेदवारी अघि सारेको अहिलेको अवस्थामा सहमतिबाटै नेतृत्व चयन गर्न सक्यो भने यस महान अभियान र समग्र गैरआवसीय नेपालीको हितमा हुने विश्वास लिँदै आम सहमतिको लागि मार्गप्रशस्त गर्न पुनः उपाध्यक्ष पदमा नै उम्मेदवारी दिने निचोडमा पुगेको छु,’ उनले भनेका छन्।

डा. हेमराजलाई अध्यक्षका प्रत्यासी डा. बद्री केसीले आफ्नो टीममा राखेका छन्।



No ads found for this position