एनआरएनए सचिवका प्रत्यासी स्वतन्त्र प्रताप साह एसिया भ्रमणमा
![एनआरएनए सचिवका प्रत्यासी स्वतन्त्र प्रताप साह एसिया भ्रमणमा](https://www.prawaskhabar.com/wp-content/uploads/2023/09/382580459_10161090296842899_7087717521055965629_n.jpg)
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का सचिव पदका प्रत्यासी स्वतन्त्र प्रताप साह एसिया प्यासिफिक क्षेत्रको भ्रमणमा निस्किएका छन्।
आउँदो कार्यकालमा सचिव पदमा उम्मेदवारी दिने तयारीमा रहेका शाह चुनावी माहोल मिलाउन एसियाली मुलकमा रहेका एनसीसीहरूकोभ्रमणमा निस्किएका हुन्।
साहले हङकङबाट भम्रण सुरु गरेका हुन्। उनले हङकङ एनसीसीका पदाधिकारीसँग संघको अभियानको विषयमा छलफल गरेका थिए।
अन्तर्राष्ट्रि युवा उद्यमि महासंघ (फिने) हङकङको अधिवेशनमा पनि साहले सहभागी भएका थिए।साह फिनेको केन्द्रीय अध्यक्ष हुन्।
हङकङपछि उनी थाइल्याण्ड पुगेका छन्। थाइल्याण्डमा उनलाई एनसीसीका अध्यक्ष भविन्द्र बस्नेनलगायतका पदाधिकारीले स्वागत गरेका थिए। थाइल्याण्डपछि एसियाली अन्य मुलुकमा जाने उनको तालिका छ।
सामाजिक कर्मको भोक र विदेशमा कमाएको पूँजी, ज्ञान र हासिल गरेको क्षमतालाई मातृभूतिमा समर्पण गर्ने उद्देश्यले एनआरएनए अभियानका जोडिएका साह सहयोगी मनकारी र मिलनसार व्यक्तित्वका रुपमा चिनिन्छन्।
विगत लामो समयदेखि अष्ट्रेलियालाई आफ्नो कर्मथलो बनाएका शाह सम्भावना बोकेका अभियन्ता मानिन्छन्।
सुदूरपश्चिमको अछाममा जन्मेका शाह कलिलै उमेरमा अष्ट्रेलिया पुगेका थिए।
व्यवसायसँगै सामाजिक काममा पनि उल्लेखनीय योगदान पुर्याएका शाहले एनआरएन अभियानमा एक सशक्त अभियान्ताको छवी बनाएका छन्।
ताजा अपडेट
![दक्षिण कोरियाका राष्ट्रपति पक्राउ](https://www.prawaskhabar.com/wp-content/uploads/2025/01/PK-NEWS-PIC-19.jpg)
दक्षिण कोरियाका राष्ट्रपति पक्राउ
![कस्ताे छ आजको मौसम ?](https://www.prawaskhabar.com/wp-content/uploads/2022/04/tuwalo_weather_dqcdbywmu3_1_NwksPFPxTK.jpg)
कस्ताे छ आजको मौसम ?
![नवनियुक्त जापानी राजदुत नेपाल आइपुगे](https://www.prawaskhabar.com/wp-content/uploads/2025/01/Capture.JPG-2957.jpg)