युक्रेनी महिलाले गरिन् पशुपति दर्शन

युक्रेनी महिलाले गरिन् पशुपति दर्शन

काठमाडौं। आत्माको बारेमा गुप्त ज्ञान प्राकृतिक रूपमा जागृत हुने सबैभन्दा रहस्यमय पवित्र स्थानहरूमध्ये एकलाई पशुपतिनाथ भनिन्छ। काठमाडौँमा यो शिव मन्दिर छ।’ एकजना युक्रेनी नागरिकले पशुपति मन्दिर दर्शन गरेपछि सामाजिक सञ्जालमा लेखेकी छन्।

‘सति माता’का नामले सामाजिक सञ्जालमा भेटिने युक्रेनकी नागरिक यतिबेला नेपालको पशुपतिनाथ र बौद्ध गुम्बाको भ्रमण गरिरहेकी छन्। उनका साथमा केही भक्तहरु पनि छन्।

उनी आफूलाई ‘आदि शक्ति’आध्यात्मिक गुरु भनेर परिचय दिने गर्छिन्। योग, ध्यान र साधनाका लागि उनी यतिबेला नेपालमा छन्।

रूस(युक्रेनबीच चलिरहेको युद्धका विषयमा केही समयअघि इसाई धर्म गुरु पोप फ्रान्सिसले युद्धको कारण हतियार उद्योग रहेको बताउँदै यो युद्ध रोक्न संयुक्त राष्ट्र संघसमेत असफल भएको बताएका थिए।

विश्व रुस-युक्रेन युद्धका कारण थुप्रै चुनौती भोगिरहँदा युक्रेनकी यी महिला नेपालमा शान्तिपूर्वक घुम्दै छिन्। त्यो पनि हिन्दू र बौद्ध परम्परालाई पछ्याउँदै। ती महिला भारतीय धार्मिक आध्यात्मिक गुरु पायलट बाबाकी शिष्यसमेत हुन्।

मानव विकास सूचकांकमा ७४औँ स्थानमा रहेको युक्रेन युरोपको विकासशील देशमा पर्छ।

युक्रेन पूर्वी युरोपकमा पर्ने देश हो। पूर्व र उत्तर पूर्वमा रुससँग सिमाना छ। उत्तर दिशामा नै बेलारुस छ। पश्चिमतर्फ पोल्याण्ड, स्लोभाकिया र हङ्गेरी पर्छ। दक्षिण दिशामा रोमानिया छ।

अठारौँ शताब्दीमा पोल्याण्ड र रुसको साम्राज्यमा युक्रेन विभक्त भयो। रुसको क्रान्तिपछि युक्रेनमा राष्ट्रिय आन्दोलन चल्यो। सन् १९१७ मा युक्रेनी पिपुल्स रिपबलिक घोषणा भयो।

सन् १९९१ मा सोभियत संघको विघटनपछि युक्रेन स्वतन्त्र भएको घोषणा गरियो। युक्रेनमा करिब ९९.४ प्रतिशत साक्षारता भएको देश हो युक्रेन।

सन् २००१ को जनगणनाअनुसार ६७.५ प्रतिशत जनसंख्या युक्रेनीलाई र २९.६ प्रतिशत जनता रूसी भाषालाई आफ्नो मुल भाषाको रुपमा मान्दछन्। युरोपभरि सबैभन्दा धेरै सेना राख्ने देशमा युक्रेन तेस्रो स्थानमा छ।

 



No ads found for this position