एनआरएनए अध्यक्ष डा. केसी र युवा उपाध्यक्ष थापा मलेसियामा

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष डा. बद्री केसी र युवा उपाध्यक्ष रोशन थापा मलेसिया पुगेका छन्।
डा. केसी र थापा कोरियाबाट मलेसिया पुगेका हुन्।
डा. केसीले एघारौं महाधिवेशनमा अध्यक्ष पदमै उम्मेदवारी दिने तयारी गरेका छन्।
यस्तै, थापाले पनि सोही पदमै उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।
डा. केसी र थापालाई क्वालालम्पुर विमानस्थलमा एनआरएनए मलेसियाको अध्यक्ष विनोद थापा, वरिष्ठ उपाध्यक्ष आरके महतो, उपाध्यक्ष रन्जित क्षेत्री, कोषाध्यक्ष बालधोज लिम्बुलगायतले स्वागत गरेका थिए।
डा. केसी र थापाले मलेसियामा नेपालीले भोग्नु परेका समस्याका विषयमा छलफल गर्नेछन्।
यस्तै, एनसीसी मलेसियाको कार्यालय, श्रमिक सेल्टरको पनि अवलोकन गर्ने कार्यक्रम छ।
डा. केसी र थापा मलेसियापछि मध्यपूर्वको यूएई जाने तालिका छ।