एसिया, अमेरिका र मध्यपूर्वमा पकड बनाएका नवीन विक केन्द्रीय सचिवमा उठ्ने

एसिया, अमेरिका र मध्यपूर्वमा पकड बनाएका नवीन विक केन्द्रीय सचिवमा उठ्ने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिवमा नवीन विकले उम्मेदवारी दिने भएका छन्।

अहिले एसिया प्यासिफिक क्षेत्रको उपसंयोजक रहेका विकले एघारौं महाधिवेशनमा आफू सचिव पदमा उम्मेदवारी दिने तयारीसहित अघि बढेको प्रवास खबरलाई बताए।

उनी सन् २००७ देखि एनआरएनए अभियानमा सक्रिय छन्। संघका विभिन्न पदमा बसेर काम गरेको अनुभव उनीसँग छ।

चितवन निवासी विकले चीनमा लामो समय बिताए। चीनबाट व्यवसाय सुरु गरेका उनले अहिले अमेरिका र मध्यपूर्वको यूएईमा पनि व्यापार विस्तार गरेका छन्।

विकले एसिया, अमेरिकाज र मध्यपूर्व क्षेत्रमा बलियो प्रभाव छ। युवामाझ पनि उक्तिकै परिचित छन्, उनी।

कोभिड महामारीका बेला सरकारले ओम्नी ग्रुपमार्फत खरिद गर्न लागेको स्वास्थ्य सामग्रीमा आर्थिक चलखेल हुँदैछ भनेर उनले आवाज उठाएका थिए।

चौतर्फी विरोध भएपछि सरकार स्वास्थ्य सामग्री खरिदबाट पछि हटेको थियो।

उनको उम्मेदवारीलाई विश्वभरका गैरआवासीय नेपालीले सकारात्मक लिएका छन्।