अमेरिकाज क्षेत्रीय युवा उपसंयोजकमा डा. शंकर बिसुन्केको उम्मेदवारी
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अमेरिकाज क्षेत्रीय युवा उपसंयोजक पदमा डा. शंकर बिसुन्केले उम्मेदवारी घोषणा गरेका छन्।
आगामी अक्टोबरमा हुने एघारौं महाधिवेशनमा उनले अमेरिकाज क्षेत्रको क्षेत्रीय युवा उपसंयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
‘युवा सशक्तीकरणमार्फत संस्थागत रूपान्तरण’ भन्ने मूल मन्त्र अघि सारेर आफूले उम्मेदवारी घोषणा गरेको उनले बताएका छन्।
आम युवाहरूको आवाजलाई सम्बन्धित ठाउँमा पुर्याउने र समाधानको खोजी गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
अमेरिकाज क्षेत्रका युवाहरूलाई लक्षित गरेर उच्च अध्ययन, खेलकुद, रोजगारीलगायत विभिन्न रचनात्मक क्रियाकलापको बारेमा योजना बनाउने र उचित कार्यान्वयन गर्ने लक्ष्य उनको छ।
No ads found for this position