एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा भट्टराईलाई पठाउने मलेसियाको निर्णय

एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा भट्टराईलाई पठाउने मलेसियाको निर्णय

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को एघाराै‌‌ महाधिवेशमा एसिया प्यासिफिक क्षेत्रीय संयोजक (आरसी) पदमा मलेसियाबाट वर्तमान कार्यसमितिका उपसंयोजक हरिप्रसाद भट्टराईले उम्मेदवारी घोषणा गरेका छन्।

एनआरएनए मलेसियाले आयोजना गरेको तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रममा भट्टराईले आफ्ना प्रतिवद्धतासहित क्षेत्रीय संयोजक पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

उम्मेदवारी घोषणा गर्दै भट्टराईले एसिया प्यासिफिक क्षेत्रको आवाज बुलन्द बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

भट्टराईले संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा आगामी २०२३–२५ कार्यकालका लागि एसिया प्यासिफिक क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताएका छन्।

‘सुरक्षित र मर्यादित वैदेशिक रोजगार, श्रमिक मैत्री एनआरएनए मेरो सरोकार’ भन्ने मुल मन्त्रका साथ क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गरेका भट्टराईलाई एनआरएनए मलेसियाले सर्वसम्मत क्षेत्रीय संयोजकमा पठाउने निर्णय गरिसकेको छ।

एनआरएनए मलेसियामा रही लामो समयदेखि एनआरएनएका हरेक अभियानमा सक्रिय सहभागिता जनाउँदै आएका उनले एनआरएनएजस्तो पवित्र संस्थामा लिनका लागि होइन दिन सक्नुपर्दछ भन्ने मान्यतालाई विश्वास राख्दछन्।

एनआरएनएको केन्द्रिय कार्यालय स्थापनामा आर्थिक सहयोगदेखि भूकम्पपीडित, बाढिपीडित हुँदै कोभिड पीडितसम्मलाई आर्थिक, नैतिक र भौतिक सहयोग गर्दै आएका भट्टराईले एनआरएनए मलेसियाको २०१९–२१ कार्यकाल सफलतापुर्वक सम्पन्न गरेर सर्वसम्मत नेतृत्व हस्तान्तरण गरेका थिए।

एनआरएनए मलेसियाको नेतृत्वमा रहँदा भट्टराईले आफ्नै कार्यकालमा एनआरएनए मलेसियाको कार्यालय स्थापना गर्न सफल भएका थिए।

उनी आफैले मलेसियन रिंगेट ५० हजार (नेपाली रु. १४ लाख रुपैयाँ) जम्मा गरेर स्थापना गरेको कल्याणकारी कोषबाट हजारौ नेपालीलाई सहयोग गर्दै आईरहेका छन्।

कोभिडको महामारीमा उनले नेतृत्व गरेको संघले ६ हजार ३ सय भन्दा बढि नेपालीलाई प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गरेको थियो। सो अभियानले एनआरएनए मलेसियाको शाख उचाईमा पुर्‍याउन सफल भएको थियो।

भट्टराई एनआरएनए मलेसियाको नेतृत्वमा आएपछि भए गरेका कामको उच्च मुल्यांकन मलेसियामा रहेका नेपाली, नेपाली दूतावास मलेसिया तथा एनआरएनए आइसीसीले गरेको छ।

एनआरएनएको २०२१–२३ कार्यकालका लागि एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक हुँदा समेत एनआरएनए अभियानमा उनको सक्रियता बढेको छ।

एसिया प्यासिफिक क्षेत्रीय संयोजक पदमा उम्मेदवारी घोषणा पछि उनी आफ्नो पक्षमा माहोल बनाउन केही दिनमा नै जापान, कोरिया, हङकङको भ्रमणमा निस्कदैछन्।

एनआरएनएमा स्पष्ट, पारदर्शी र सक्षम व्यक्तित्वको परिचय बनाएका भट्टराईको पक्षमा माहोल बनिरहेको छ।

यस्ता छन उनका प्रतिवद्धताहरु :

– एनआरएनए एसिया प्यासिफिकका हरेक गतिबिधीहरुलाई श्रमिकमैत्री बनाउन पहल गर्ने।

– नेपाल र एसिया प्यासिफिक क्षेत्रबीचको सम्बन्ध श्रममैत्री मात्र नभएर व्यापारिक, पर्यटन तथा आर्थिक सम्बन्धसहितको बनाउन।

– एसिया प्यासिफिकका देशहरुमा एनआरएनएको सञ्जाल विस्तार गर्न (जस्तैः भियतनाम, इन्डोनोसिया, फिलिपिन्समा एनसीसी गठन गर्न)।

– नेपालका लागि प्रमुख श्रम गन्तब्य मलेसिया, जापान, दक्षिण कोरियालगायतका देशमा रहेका नेपाली श्रमिकलाई फाइदा पुग्ने गरी दुईदेशबीचको सम्बन्ध स्थापित गराइ रोजगारी सहज बनाउन पहल गर्न ।

– विदेशमा रहेका नेपाली नियोगसंग एनआरएनको सहकार्यलाई थप बलियो बनाउन।

– नेपालको पहिचान रहने नेपाली कला तथा सस्कृतिलाई एसिया प्यासिफिक तथा विश्व सामु चिनाउनका लागि गैरआवासिय नेपाली संघको विश्व संजाल मार्फत आवश्यक पहल गर्न।

– श्रमिक गन्तब्य देशमा जाने तथा आउने हवाई टिकट सस्तो र सुलभ बनाउन पहल गर्न।

– एनआरएनएमा युवा तथा दोश्रो पुस्ताको आकर्षण बढाउने कार्यक्रम गर्नुका साथै विदेशमा नेपाली भाषा, कला–संस्कृति जगेर्नाका लागि अभियान चलाउन।