मलेसियामा भोलि तीज विशेष कार्यक्रम हुने
क्वालालम्पुर। मलेसियामा तीज विशेष कार्यक्रम हुने भएको छ।
गैरआवासिय नेपाली संघ (एनआरएनए) मलेसियाले हिन्दु नारीहरुकाे महानचाड हरितालिका तीजको अवसरमा क्वालालम्पुरमा आइतबार विशेष कार्यक्रम आयोजना गरेको हो।
एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापाले नेपाली महिला दिदिबहिनीहरुले प्रवासमै भएपनि माइती घरको आभास गरुन् भन्ने हेतुले कार्यक्रम आयोजना गरेको बताए।
मलेसियामा नेपाली महिलाले भोग्नुपरेका समस्या र भोगाइ पनि साटासाट गर्ने कार्यक्रमको उद्देश्य रहेको उनको भनाइ छ।
कोभिडका कारण केही वर्ष कार्यक्रम रोकिएपनि अहिले एसियायी मुलुकहरूका विभिन्न एनसीसीले कार्यक्रमहरु आयोजना गरिरहेको संघका एसिया क्षेत्रीय उपसंयोजक हरि भट्टराईले जानकारी दिए।
तीज विशेष कार्यक्रमले महिला दिदिबहिनीहरुमा पर्ने दु:ख सुख र आपसी सम्बन्ध सुमधुर बढ्दैजाने हुँदा उनीहरुले आफ्ना समस्या खुलेर राख्ने भट्टराईले बताए।
यस्ता कार्यक्रमले संघमा महिला दिदिबहिनीहरु पनि समेटिनुपर्छ भन्ने मनोभावना बढेर जाने उनको विश्वास छ।
कार्यक्रम आइतबार ग्र्याण्ड कन्टिनेन्टलमा हुँदैछ।
कार्यक्रममा सांगीतिक प्रस्तुति दिन सम्झना तामाङ, भवाना आचार्य र कजुना कार्की र अनु पराजुलीलाई निमन्त्रणा मलेसिया आइपुगेका छन्।
कार्यक्रमलाई रिया मनि ट्रान्सफर, आइएमइलगायतले प्रायोजन गरेका छन्।