क्रिकेटर आशिफ शेखमाथि ‘अनसेफ सेक्स’ गरेको आरोप

क्रिकेटर आशिफ शेखमाथि ‘अनसेफ सेक्स’ गरेको आरोप

काठमाडौं। क्रिकेटर आशिफ शेखमाथि बलात्कार आरोप लागेको छ।

आशिफले विभिन्न प्रभावमा पारेर बलात्कार गरेको भन्दै पीडितका आफन्त उजुरी लिएर कालीमाटीस्थित नेपाल प्रहरीको महिला सेलमा पुगेका छन्।

आइतबार दिउँसो उजुरी लिएर महानगरीय प्रहरी परिसर काठमाडौँ (टेकु)  पुगेका पीडितका आफन्तलाई प्रहरीले कालीमाटी पठाएको हो।

यद्यपि, कालीमाटी प्रहरीले पनि रित नपुगेको भन्दै उजुरी दर्ता गरेको छैन।

पीडितले आशिफले आफूमाथि असुरक्षित यौन सम्पर्क (अनसेफ सेक्स)  गरेको उजुरीमा उल्लेख गरेकी छन्।

उजुरीमा उल्लेख गरिएअनुसार पीडिले आशिफसँग सोल्टीमोडस्थित हायत प्लेसमा भेटपछि चिनजान भएको र त्यसपश्चात सामाजिक सञ्जालमा बोलचाल भएको बताएकी छन्।

बोलचालको क्रममा आशिफले गौशालास्थित एक होटलमा बोलाएर बलात्कार गरेको पीडितले बताएकी छन्।

‘गौशालास्थित…प्लाजामा लगी अनुचित प्रभावमा पारी शारीरिक सम्पर्क राखेको थियो। त्यसपछि सम्पर्कविहीन भयो’, उजुरीमा उल्लेख छ।

गौशालामा बलात्कार गरेपछि पनि पुनः अन्य ठाउँमा भेट्न बोलाएर यौन सम्पर्कको लागि दबाब दिने गरेको पीडितले उजुरीमा उल्लेख गरेकी छन्।