स्वीट्जरल्यान्डको राजदूतमा रामप्रसाद सुवेदी नियुक्त

स्वीट्जरल्यान्डको राजदूतमा रामप्रसाद सुवेदी नियुक्त

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्यान्डका लागि नेपालको आवासीय राजदूतमा रामप्रसाद सुवेदीलाई नियुक्त गरेका छन्।

सरकारको सिफारिसमा शुक्रबार राष्ट्रपति पौडेलले सुवेदीलाई स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत, सयुंक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग जेनेभा, विश्व व्यापार संगठन र विश्व स्वास्थ संगठनका लागि नेपालको स्थायी प्रतिनिधि पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।



No ads found for this position