ग्लोबल गोरखा समाजको सातौं साधारण सभा अक्टोबरमा हुने

काठमाडौं। विश्वभर छरिएर रहेका गोरखालीहरूको साझा संस्था ग्लोबल गोरखा समाजको सातौं वार्षिक साधारण सभा आगामी अक्टोेबरमा हुने भएको छ।
२८ अगष्टमा बसेको बैठकले आगामी १६ अक्टोेबरमा वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो।
समाजका अध्यक्ष गोर्कण ढकालका अनुसार साधारणसभा गोरखा जिल्लामै हुनेछ। साधारण सभामा विभिन्न देशमा बस्ने गोरखालीहरू सहभागी हुनेछन्।
साधारण सभामा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बोलाउने तयारी छ।
यस्तै, विशेष अतिथिहरूमा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, राष्ट्रिय सभा सदस्य कमला पन्त, सासंद राजेन्द्र बजगाईलगायतलाई बोलाउने तयारी समाजको छ।
सोही अवसरमा समाजको आधिकारिक वेभसाइट सञ्चालनमा ल्याइँदैछ।
यस्तै, ५ करोड रुपैयाँको अक्षय कोष स्थापना गर्न कार्यविधि समेत तयार पारिदैँछ।
यसैगरी गोरखा जिल्लाका पालिकाहरूलाई केन्द्रीत गरेर रचनात्मक कामको समेत सुरुवात गरिने अध्यक्ष ढकालको भनाइ छ।
२०१६ मा स्थापना भएको यो समाजका विश्वका विभिन्न २ दर्जनभन्दा बढी मुलुकमा शाखा छन्।