नेपालीसहित विदेशी विद्यार्थीलाई रोक्न अस्ट्रेलियाले गर्‍यो ‘कन्करेन्ट स्टडी’ प्रणाली बन्द

नेपालीसहित विदेशी विद्यार्थीलाई रोक्न अस्ट्रेलियाले गर्‍यो ‘कन्करेन्ट स्टडी’ प्रणाली बन्द File Photo

काठमाडौं। अस्ट्रेलियाले विदेशी विद्यार्थीहरुका लागि दोहोरो अध्ययन भिसा प्रणाली  बन्द गरेकाे छ।

अस्ट्रेलियाली सरकारले आफ्नो भिसा नियमहरूमा परिवर्तन गर्दै विदेशी विद्यार्थीलाई दिँदै आएकाे दाेहाेराे अध्ययन भिसा प्रणाली बन्द गरेकाे राेयटर्सले जनाएकाे छ।

यसअघि अस्ट्रेलिया सरकारले विदेशी विद्यार्थीहरूकाे लागि उक्त भिसा छुट दिएर आफ्नाे देशमा आउने विद्यार्थीहरुलाई सस्ताे व्यवसायिक पाठ्यक्रमहरुमा भर्ना अनुमति दिएकाे थियाे। उक्त भिसा प्रणालीअन्तर्गत समान्तर अध्ययन ‘कन्करेन्ट स्टडी’ भनिने नियमकाे प्रयाेग गरेर विदेशी विद्यार्थीहरुले मूल विषयकाे अध्ययनसँगै अतिरिक्त पाठ्यक्रमहरुकाे पनि अध्ययन गर्न पाउँथे। याे नियममार्फत् विद्यार्थीहरुलाई मूल विषयसँगै अतिरिक्त पाठ्यक्रम अध्ययन गराएर राेजगारीकाे लागि तयार गरिन्थ्याे।

तर, विद्यार्थीहरुले उक्त नियमकाे प्रयाेग गरी अतिरिक्त विषय अध्ययन गर्ने तर मूल विषयकाे अध्ययन नगर्ने क्रम बढ्न थालेपछि सरकारले याे नियम बन्द गरेकाे हाे। विद्यार्थीहरुले उक्त नियमकाे दुरुपयाेग गरेकाे सरकारी अनुसन्धानबाट खुलेपछि सरकार याे निर्णयमा पुगेकाे हाे।

सरकारी अध्ययनअनुसार ‘कन्करेन्ट स्टडी’ अध्ययन गर्नेहरुकाे संख्या तीव्र रुपमा वृद्धि भइरहेकाे छ। ‘कन्करेन्ट स्टडी’बारे सरकारले यसअघि २०१९ र २०२२ अनुसन्धान गरेकाे थियाे भने २०२३ काे ६ महिना पनि अध्ययन गरेकाे छ। यी अध्ययनहरुमा ‘कन्करेन्ट स्टडी’ अध्ययन गर्नेहरुकाे संख्या निरन्तर बढिरहेकाे सरकारकाे दाबी छ।

अन्तर्राष्ट्रिय शिक्षा अस्ट्रेलियाको चौंथो ठुलो निर्यात उद्योग हो।

सरकारले विद्यार्थी भिसा (स्टुडेन्ट भिसा) प्राप्त गर्नका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आवश्यक पर्ने बचतको रकम पनि बढाउने भएकाे छ। अक्टोबर १ देखि विदेशी विद्यार्थीहरूले उच्च जीवनयापनलाई ध्यानमा राख्नको लागि अष्ट्रेलियन डलर २४ हजार ५०५ बचत देखाउनु पर्नेछ। भने, हालको स्तरमा १७% वृद्धि भएको प्रमाण देखाउनु पर्नेछ।

अन्तर्राष्ट्रिय विद्यार्थीको हब बन्दै गएको अस्ट्रेलियाले पछिल्लो समय नेपाली विद्यार्थीका लागि पनि प्रमुख शैक्षिक गन्तव्य बनेको छ। अस्ट्रेलिया सरकारकाे याे नियमबाट नेपाली विद्यार्थी पनि प्रभावित हुनेछन्।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त डिग्री, सामाजिक सुरक्षा, सहज जीवनयापन र रोजगारीको राम्रो अवसरलगायत सुरक्षित लगानीको वातावरणका कारण अस्ट्रेलियाप्रति नेपाली विद्यार्थीको आकर्षण बढ्दाे छ। कोरोना महामारीको अन्त्यसँगै अस्ट्रेलियमा नेपाली विद्यार्थीको संख्या ह्वात्तै बढेकाे छ।



No ads found for this position