सन्दीप लामिछानेले एसिया कप खेल्न पाकिस्तान जाने
File Photo
काठमाडौं। सुनुवाइ सरेसँगै सन्दीप लामिछाने एसिया कप खेल्न पाकिस्तान जाने भएका छन्।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीशद्वय प्रकाशप्रसाद पण्डितले आइतबार मुद्दाको सुनुवाइ भदौ २१ गतेसम्मको लागि स्थगित गरेसँगै सदीप भोलि (सोमबार) पाकिस्तान प्रस्थान गर्ने भएका हुन्। यही भदौ १३ गतेदेखि सुरु हुने एसिया कप खेल्न नेपाली टोली पाकिस्तान पुगिसकेको छ।
मुददको पेशी तोकिएपछि सन्दीप टोलीसँगै पाकिस्तान जानबाट रोकिएका थिए। तर, त्यसयता दुई पटकसम्म मुद्दा स्थगित भएको छ। यो सँगै सन्दीप पाकिस्तानमा हुने एसिया कप खेल्ने मौका पाएका छन्, जुन ऐतिहासिक हो। यसअघि उच्च अदालत पाटनबाट धरौटीमा छुटेका सन्दीपलाई काठमाडौँ बाहिर जान अदालतको अनुमति अनिवार्य छ। सन्दीपमाथि १७ वर्षीय नाबालिगलाई बलात्कार गरेको आरोप छ।