स्पेनले जित्यो फिफा महिला विश्वकपको उपाधि

स्पेनले जित्यो फिफा महिला विश्वकपको उपाधि

काठमाडौँ। नवौँ संस्करणको फिफा महिला विश्वकपको उपाधि स्पेनले जितेको छ। स्पेनले पहिलोपटक महिला विश्वकप उपाधि जितेको हो।

आइतबार अस्ट्रेलियाको सिड्नी रगंशालामा भएको खेलमा स्पेनले इंग्ल्याण्डलाई १.० ले पराजित गरेर उपाधि चुमेको हो। स्पेनको लागि ओल्गा कार्मोना गार्सियाले २९औँ मिनेटमा गोल गरेर स्पेनलाई उपाधि दिलाइन्। स्पेनले सन १९९१ देखि नै विश्वकप खेल्दै आइरहेको छ। यसअघि फ्रान्समा भएको विश्वकपमा स्पेन अन्तिम १६ मा पुगेको थियो।

अस्ट्रेलिया र न्युजिल्यान्डमा आयोजना भएको विश्वकपमा ३२ राष्ट्रको सहभागीता ६४ खेल भएको थियो।

गत जुलाई २० देखि आयोजना भएको विश्वकप अस्ट्रेलियाको ५ सहरमा ३५ वटा खेल र न्युजिल्यान्डको ४ सहरमा २९ खेल भएको हो।

यसअघि अमेरिकाले सर्वाधिक चार पटक महिला विश्वकप उपाधि चुमेको थियो। जर्मनीले दुई तथा नर्वे र जापानले समान एकपटक उपाधि जितेका छन्।