सुन तस्करी प्रकरण : विमानस्थलबाट पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा

सुन तस्करी प्रकरण : विमानस्थलबाट पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा File Photo

काठमाडौं। सुन तस्करी प्रकरणमा संलग्न भएको आशंकामा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन्।

सुन प्रकरणमा संलग्नता नदेखिएपछि चिनियाँ नागरिक ली जियालिङ र लिउ फुयान रिहा गरिएको प्रहरीले जनाएको छ।

राजश्व अनुसन्धान विभागको पत्राचारका आधारमा अध्यागमन विभागले उनीहरूलाई कालोसूचीमा राखेको थियो। त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट पक्राउ गरेको थियो। उनीहरूलाई अध्यागमनले पक्राउ गरी सीआईबीलाई बुझाएको थियो।

अनुसन्धानका लागि उनीहरुलाई थुनामा राख्नुपर्ने कारण नदेखिएकाले थुनामुक्त केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए।



No ads found for this position