५० हजारको ज्यान गएको टर्कीमा फेरी भुकम्पको धक्का

५० हजारको ज्यान गएको टर्कीमा फेरी भुकम्पको धक्का File Photo

इस्तानबुल। टर्कीमा फेरी भुकम्प गएको छ।

टर्कीको दक्षिणी क्षेत्रमा बिहीबार राति ५.३ म्याग्निच्युडको भूकम्प गएको हो।

मिडिया रिपोर्टका अनुसार भूकम्पका कारण धेरै भवनमा क्षति पुगेको छ भने २३ जना घाइते भएका छन्। भूकम्पको केन्द्रविन्दु मलात्या प्रान्तको येसिलुरट सहरमा रहेको जनाईएको छ। सञ्चारमाध्यमका अनुसार अदियामानमा पनि भूकम्पको धक्का महसुस भएको छ।

टर्कीका स्वास्थ्य मन्त्री फहरेटिन कोकाले एक सामाजिक सञ्जाल पोस्ट गर्दै मालत्या र अदियामानमा भवनहरू भत्किँदा मानिसहरू घाइते भएको बताएका छन्। भूकम्पबाट बच्न मानिसहरु भवनबाट हाम फालेका छन् भने केही घाइते भएका छन्।

सोही क्रममा स्थानिय टिभीमा प्रशारण गरिएको भिडियोमा भूकम्पले भवनहरु भत्काईएको दृश्य देखाईएको छ।

गत फेब्रुअरीमा गएको विनाशकारी महाभूकम्पबाट दुवै स्थानहरु प्रभावित भएका थिए, जसमा ५० हजारभन्दा बढीको ज्यान गएको थियो।